निजामती प्रशासनमा ‘कुलिङ-ग्याङ’को तितरवितर
समाचार टिप्पणी
काठमाडौं। निजामती प्रशासनमा ‘कुलिङ-ग्याङ’ भनेर चिनिने उच्च प्रशासकहरूको तितरवितर भएको छ। निजामती कानुनमा अवकाशपछिको नियुक्तिमा राखिएको कानुनमा छेडखानी गर्न लबिइङ गर्दै हिँडेको ‘कुलिङ-ग्याङ’ अहिले तितरवितरको अवस्थामा पुगेको हो।
‘कुलिङ-ग्याङ’का नाइके एकनानारायण अर्यालले मुख्यसचिवबाट अवकाश पाएसँगै कार्यवाहकको जिम्मेवारी कृष्णहरि पुष्कर कर्णले लिएको सिंहदरबारमा चर्चा चल्ने गरेको छ। एकनारायणपछि ‘कुलिङ-ग्याङ’ले कर्णलाई मुख्यसचिव बनाउन लबिइङ गरेपछि सुमनराज अर्यालले इन्ट्री मारेपछि उक्त समूहलाई ‘सेट-ब्याक’ भएको थियो। निजामती प्रशासनलाई बदनाम गराउने ‘कुलिङ-ग्याङ’का कार्यवहाकले मुख्यसचिवमा ठाउँ नपाएपछि फेरि प्रयास गरेका थिए। प्रधानमन्त्रीलाई नै प्रभावित बनाएर मुख्यसचिव बन्न खोज्दा ‘कुलिङ-ग्याङ’ कार्यवहाक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘कान्जी-हाउस’मा पुगेका थिए। उनी त् त्यहिँबाट अवकाशमा गएका हुन्।
कर्णको सम्भावना कमजोर हुँदै गएपछि ‘कुलिङ-ग्याङ’ले वरिष्ठ सदस्य शोभाकान्त पौडेललाई मुख्यसचिवमा अगाडि सारेको थियो। प्रदेश नै नगइ उक्त समूहमा लागेर लबिइङ गर्दै हिँड्ने पौडेललाई ‘कुलिङ-ग्याङ’ले मुख्यसचिवमा अगाडि सारेको थियो । सरकारले ‘कुलिङ-ग्याङ’का वरिष्ठ सदस्य पौडेललाई पनि मुख्यसचिव नदिइ मधेश प्रदेश पठाएको छ। पछिल्लो समय ‘कुलिङ-ग्याङ’ तितरवितर भएको देखिन्छ। तर, सिंहदरबारमा केही अवशेष बाँकी रहेको पाइन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस