कर्मचारी कस्न संयुक्त रूपमा ताते राष्ट्रिय कितावखाना र सतर्कता केन्द्र


काठमाडौं। कर्मचारी कस्न राष्ट्रिय कितावखाना र राष्ट्रिय सतर्कता केन्द्र एकसाथ सक्रिय भएका छन्। निजामती सेवा ऐन २०४९ को दफा ५५ (क) को कार्यान्वयनमा ल्याउन दुई निकाय संयुक्त रूपमा तातेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको समन्वय वैठकपछि कर्मचारीको आचारणगत अनुशासनको परिपालनाको स्थितिलाइ अभिलेखिकरण गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय कितावखानाले संयुक्त रुपमा कार्य थालेका छन्। यसका लागि राष्ट्रिय कितावखानाले सतर्कता केन्द्रलाई पिआइएस ‘सिस्टम’भित्र प्रवेश गरि सम्वन्धित कर्मचारीको आचारणगत पक्षमा भएको कारवाहीको अभिलेखिकरण गर्न सक्ने पहुँच उपलब्ध गराइसकेको छ। कारवाहीको विवरणलाइ थप परिभाषित हुने गरि पिआईएस सिस्टममा अनुकूलन गर्ने कार्य पनि थालिसकेको महानिर्देशक श्रवण कुमार पोखरेलले बताए।

समयको पालना नगर्ने , सरकारी कामकाज सम्वन्धी कुरामा सुपरिवेक्षकको आज्ञा पालना नगर्ने , लापरवाही वा ढिलासुस्ति गर्ने कर्मचारीलाइ सुपरिवेक्षकले चेतावनी दिनसक्ने कानुनी व्यवस्था छ। ऐनको व्यवस्थालाई कार्यान्वय गर्ने नगरिएको, यदाकदा गरिएको भए पनि सोको विवरण कर्मचारीको अभिलेखमा लिपिवद्ध नहुने गरेको कारण कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय गर्दा यस्ता पक्षहरु ओझेलमा पर्ने गरेका छन्। यसले गर्दा कतिपय निर्णयहरुवाट खराव आचारण भएका कर्मचारी नै पुरस्कृत भएको जस्तो देखिदा निर्णयको औचित्यता माथि नै प्रश्न खडा हुने गरेको छ। खराव आचारण भएका कर्मचारीको विवरण उसैको वैयाक्तिक विवरणमा अभिलेखिकरण गर्न तथा खटनपटन लगायत अन्य व्यवस्थापन सम्वन्धी निर्णय गर्दा सरोकारवाला निकायले त्यसलाइ आधार वनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्पन्न समन्वय वैठकबाट निर्देशन भएकोले आफ्नो जिम्मेवारी क्षेत्रभित्र पर्ने विषयको कार्यान्वयमा आफू इमान्दारितापूर्वक जुटेको महानिर्देशक पोखरेलले बताए।

  निजामती सेवा ऐनको २०४९ को दफा ५५ क मा के छ?

निजामती सेवा ऐन २०४९ को दफा ५५ क मा कर्मचारीको आचारण सम्वन्धि तिन वटा अवस्था उल्लेख गरेर त्यसमा त्रुटी भएको पाइए सुपरिवेक्षकले कारण खुलाइ चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। यस्तो चेतावनिको विवरण राष्ट्रिय कितावखानामा रहेको सम्वन्धित कर्मचारीको वैयाक्तिक विवरणमा अभिलेखिकरण हुनु पर्ने व्यवस्था रहेको छ। समयको पालना नगरेमा, सरकारी कामसम्वन्धी कुरामा आफू भन्दा माथिको कर्मचारीले दिएको आज्ञा पालना नगरेमा, कार्यालय सम्बन्धी काममा लापरवाही वा ढिलासुस्ती गरेमा एक्सन लिन सक्ने व्यवस्था रहेको पाइन्छ।।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ