६ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त: न्याम्समा आचार्य, धरानमा कार्की
काठमाडौं। एकसाथ ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन)ले एकसाथ ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपति नियुक्त गरेका हुन्।
बालेनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. विवेक आचार्यलाई नियुक्त गरेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त भएकी छिन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डा. नविसमान सिंह प्रधान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका हुन्। त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बो नियुक्त भएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस