धोबीखोला खाने राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर


काठमाडौं। धोबीखोला खाने मधेशका पूर्वप्रदेश प्रमुख राजेश झा(राजेश अहिराज) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। हाल पुर्पक्षका लागि थुनामा रहेका झालाई जिल्ला अदालत, काठमाडौंले दोषी ठहर गरेको हो। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई मंगलबार दोषी ठहर गर्दै सजाय निर्धारणका लागि बिहीबार पेशी राखिएको छ।

मधेश प्रदेशका पूर्वप्रमुख डा. अहिराज घोबीखोला हडप्नेमा पनि ‘दर्ज’ भएका छन्। उनको संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर लगाएको थियो। बालेन सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। रावल आयोगको प्रतिवेदनमा उनको घरको आधा भाग धोबीखोलामा पर्ने देखिन्छ। उनै धोबीखोला खाने डा. राजेश अहिराज बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएका हुन्।

झाले पीडित युवतीविरुद्ध दर्ता गरेको आपराधिक लाभ मुद्दामा भने अदालतले खारेज गरिदिएको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ