विशेष अदालतका अध्यक्षमा बासुदेव आचार्य सिफारिस


काठमाडौं। विशेष अदालतका अध्यक्षमा बासुदेव आचार्यलाई तोक्न सिफारिस भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्टको उच्च अदालत सुर्खेतमा सरूवा सिफारिस भएसँगै रिक्त पदमा आचार्यलाई तोक्न सिफारिस गरिएको हो।


न्याय परिषद्को बैठकले उच्च अदालतका ५० न्यायाधीशको सरूवा भट्टलाई सुर्खेत सरूवा गर्न सिफारिस गरेको हो। विशेष अदालतको अध्यक्ष आचार्यलाई खटाउन सिफारिस गरिएको छ। आचार्य उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट सर्वोच्च अदालत काजमा तानिएका थिए। उनको दरबन्दी उच्च अदालत तुलसीपुरमा राखेर विशेष अदालतको अध्यक्ष तोक्न सिफारिस गरिएको हो।

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकका नातेदार भट्टलाई उच्च अदालत सुर्खेतमा सरूवा गर्न सिफारिस भएक छ। उच्च अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको दरबन्दी सरूवा गर्न सिफारिस गरिएको हो। विशेष अदालतका सदस्य पौडेलको दरबन्दी उच्च अदालत पाटन, हेटौंडा इजलासबाट उच्च अदालत जनकपुर, राजविराज इजलासमा सार्न सिफारिस गरिएको हो। विशेष अदालतका सदस्य कोइरालाको वीरगञ्जबाट उच्च अदालत पाटनमा दरबन्दी सार्न सिफारिस गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ