दाससहित यी हुन् अवकाशको मुखमा रहेका स्वास्थ्यका उच्च अधिकारीहरू
काठमाडौं। चालू आर्थिक वर्ष (२०८३/८४)मा स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरू अवकाशमा जाने सूचीमा छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा रहेका प्रशासन सेवाका सहसचिव ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। सहसचिव सुवेदी ५८ वर्ष पूरा भएर साउन ५ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
स्वास्थ्यमा प्रशासनतिर कै दुई सहसचिव रहेका छन्। स्वास्थ्यमा प्रशासन सेवाका एउटै सहसचिव काफी हुनेमा प्रशासन र जनसंख्या हेर्न छुट्टाछुट्टै सहसचिव राखिएको छ। स्वास्थ्यमा प्रशासनिक व्यवस्थापनमा चरम बेथिति देखा परेको हो।
लुम्बिनी अस्पताल बुटवल एघारौं तहका विष्णुप्रसाद शर्मा र प्रभाकर कुमार चौधरी साउन १७ गते एकैदिन अवकाशमा जाने सूचीमा छन्। उनीहरू ६० वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्। स्वास्थ्य सेवामा ६० वर्ष पूरा भएपछि मात्र अवकाश हुने व्यवस्था छ।
नारायणी अस्पतालमा दरबन्दी रहेका एघारौं तह (सहसचिव) चुमनलाल दास माघ २६ गते अनिवार्य अवकाशमा जाने सूचीमा परेका छन्। उनी पनि ६० वर्ष पूरा भएर ६ महिनाभित्रै अवकाशमा जान लागेका हुन्।
स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख एघारौं तह (सहसचिव) केशवराज पण्डित फागुन ५ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी ६० वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एघारौं तह नरेन्द्र विक्रम गुरुङ चैत ७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी पनि ६० वर्ष पूरा गरेर घर जाने तरखरमा छन्। स्वास्थ्यमा उच्च तह कै आधा दर्जन बढी कर्मचारी अवकाशको मुखमा देखिन्छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस