लगानी बोर्डको सिईओ बन्न दुई पूर्वसचिव प्रतिस्पर्धामा


काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न दुई पूर्वसचिव प्रतिस्पर्धामा देखिएका छन्। पूर्वसचिवद्वय डा. मुकुन्दप्रसाद पौड्याल र ई. मधुप्रसाद भेटुवाल लगानी बोर्डको सिईओको प्रतिस्पर्धामा उत्रिएका हुन्।

पौड्याल छोटो समय बागमती प्रदेशको प्रमुख सचिव बनेर अवकाशमा गएका थिए। भेटुवाल पनि छोटो समय जल तथा ऊर्जा आयोगको सचिवको भूमिकामा बसेर घर गएका थिए। पूर्व प्रशासकद्वय लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको संक्षिप्त सूचीमा परेका छन्।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको संक्षिप्त सूचीमा पौड्याल र भेटुवालसहित सुमन मान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. सरोज कोइराला, याङकी उक्याव, बखतबहादुर शाही र मनोज पौडेल परेका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ