कोरोना महामारी नियन्त्रण गर्न सरकार सफल हुने अर्थमन्त्रीको दावी


अर्थमन्त्री बिष्णु पौडेलले कोरोनासंग लड्दै नागरिकको जीवनर जिविकाको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आइबिएन मिडियाले गरेको कार्यक्रममा उनले दोश्रो चरणको कोरोनाको चूनौतिलाई सामना गर्दै जनताको जिवन र जिविकालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले विश्वव्यापी रुपमा देखिएको कोरोना संक्रमणको दोश्रो महामारीलाई पराजित गर्दै मुलुकको अर्थतन्त्र र नागरिकको जीवन पुरानै अवस्थामा फर्काउनुपर्ने चूनौति आएको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले सरकारको सहि नीतिका कारण नै पहिलो चरणको कोरोना महामारीलाई नियन्त्रण गर्न सरकार सफल भएको दावी गरे ।

साथै उनले दोश्रो चरणको कोरोना महामारीसंग जुध्न सरकारले हरसम्भव प्रयास गरेको धारणा राखे ।

सरकार बजेटको तयारीमा जुटेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा आवश्यक जायज र सम्भव सुझावलाई ग्रहण गरिने प्रष्ट पारे ।

क्याटेगोरी : समाचार
ट्याग : #बिष्णु पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com