आजको मौसम : यी क्षेत्रमा पर्नेछ पानी


काठमाडौँ । मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा न्यून चापिय रेखाको प्रभाव छ, जसकारण एक(दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

प्रदेश १ र प्रदेश २ लगायत देशका अन्य पहाडी भूभागमा आँशिक बदली रहने आँकलन गरिएको छ। महाशाखाका अनुसार बुधबार देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि क्षणिक वर्षाको सम्भावना छ। बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

क्याटेगोरी : समाचार
ट्याग : #आजको मौसम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com