शरीरमा अक्सिजनको कमी हुन नदिन अपनाउनुस् यी उपाय !


काठमाडौँ । कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै जनजीवन अस्तव्यस्त बनेको छ ।
यस बीचमा धेरै मानिस संक्रमित भएका छन् ।

चिकित्सकहरूका अनुसार, कोरोना संक्रमितहरू घरमै क्वारेन्टीनमा बसिरहँदा वा जहाँ कहीँ अहिले अक्सिजनको समस्या हुन थालेको छ ।

अक्सिजनको कमी हुँदा ज्यानै जाने खतरा रहेको भन्दै चिकित्सकहरूले यसको कमी हुन नदिन अपिल गर्दै आइरहेका छन् ।

विज्ञहरूका अनुसार, घरमै केही सावधानी अपनाउदाँ पनि अक्सिजन कम हुनबाट बच्न सकिन्छ । यसका केही उपायहरू तल चर्चा गरिएको छ :

-सबैभन्दा पहिले तपाईंले अक्सिजन लेवल परीक्षणका निम्ति अक्सोमिटर घरमा राख्नुहोस् । औषधी पसलहरूमा यो सहजै उपलब्ध हुन्छ ।

-कुनै पनि मानिसको अक्सिजन लेवल लगातार ९० भन्दा तल रहन्छ भने सो मानिसलाई अक्सिजन कम हुन थाल्छ । अक्सिजन कम भएका व्यक्तिलाई स्वास फेर्न गाह्रो हुने हुन्छ भने ज्यानै जाने समेत खतरा हुन्छ ।

-एक रिर्पोटका अनुसार, शरीरमा अक्सिजनको कमी भएमा आफ्नो घरमा पनि ग्यास स्टोभ, मैनबत्ती, विजुली वा ग्यास हिटर जस्ता वस्तुहरूबाट कम्तिमा पनि ५ फिट टाढा रहनुहोस् । यी चीजहरूको नजिक जाँदा थप अक्सिजनको अभाव हुने हुन जान्छ ।

-यस्तै पेन्ट थिनल, एरयोसोल स्प्रे, क्लिनिङ्ग फ्लूडजस्ता फ्लेमेबल प्रोडक्ट्सहरूको प्रयोग नगर्नुहोस् । यसका साथै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम जस्ता वस्तुहरू छाति वा शरीरको कुनै पनि भागमा नलगाउनुहोस् ।

-तपाईं धुम्रपान गर्नुहुन्छ भने यसलाई कम गर्नुहोस् । धुम्रपान गर्ने मानिसहरूबाट टाढै रहनुहोस् । यती मात्र हैन, घरमा पूजाका लागि प्रयोग हुने अगरबत्ती वा धूपबत्तीको धुवाँबाट पनि टाढै रहनुहोस् ।

-यस्तै घरमा इन्डोर प्लान्ट लगाउनुहोस् । यसबाट सधै अक्सिजन पाइन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अक्सिजन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com