कोरोनाले भारतीय प्रधानमन्त्री मोदीकी काकीको मृत्यु


काठमाडौँ । कोरोना संक्रमणले भातरका प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीकी काकी नर्मदाबेन मोदीको उपचारका क्रममा अहमदाबादस्थित एक अस्पतालमा मंगलबार मृत्यु भएको हो।

निकै प्रयास गर्दा पनि डाक्टरले उनलाई बचाउन सकेनन्। ८० वर्षीया उनी अहमदाबादको न्यु रानिप क्षेत्रमा आफ्ना सन्तानका साथ बस्थिन्।

प्रधानमन्त्री नरेन्द्र मोदीका कान्छो भाइ प्रह्लाद मोदीका अनुसार कोरोना संक्रमण भएपछि उनीहरूकी काकी नर्मदाबेनलाई १० दिनअघि सिभिल अस्पताल भर्ना गरिएको थियो। तर उपचारका क्रममा आज उनको मृत्यु भएको हो।

उनका अनुसार उनीहरूकी काकीका श्रीमान् जगजीवनदास प्रधानमन्त्री मोदीका पिता दामोदरदासका भाइ थिए। उनको धेरै वर्ष पहिले मृत्यु भइसकेको छ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा
ट्याग : #नरेन्द्र मोदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com