कति छन् नेपालमा सक्रिय काेराेना संक्रमितको संख्या ?


काठमाडौं । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २२५ छ । ५८ जना क्वारिन्टिनमा छन् । कोरोनाका कारण तीन हजार १९४ संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म तीन लाख सात हजार ९२५ जनामा कोरोना संक्रमण भइसकेको छ । दुई लाख ७८ हजार ५०६ संक्रमित निका भइसकेका छन् । तथ्यांक अनुसार नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ पीसीआर परीक्षण गरिएको छ ।

सीमावर्ती सहरसहित काठमाडौं उपत्याकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या उच्च रहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरिसकेको छ ।

यद्यपि नेपालमा पनि संक्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ । अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटरको अभाव देखिन सुरु भइसकेको छ । सरकारले अक्सिजन प्रयोग हुने उद्योगहरु अर्को सूचना नआउँदासम्मका लागि बन्द गर्न निर्देशन दिइसकेको छ । २० हजार अक्सिजन सिलिण्डर तत्काल भारतबाट खरिद गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरिसकेको छ ।

५०० धन्दा धेरै संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लगाउने तयारी अधिकांश जिल्लाले गरिरहेका छन् । केही जिल्लामा लकडाउन सुरु भइसकेको छ । काठमाडौं उपत्यकामा भोलिबाट निषेधाज्ञा जारी हुँदै छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ##काेराेना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com