खोप नपाएर बिछिप्त भएको सरकारलाई चीनले १० लाख डोज खोप अनुदान दिने


काठमाडौं । चीनले नेपाललाई थप १० लाख डोज कोभिड विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोप अभावले बिछिप्त भएको सरकारलाई थोरै भएपनि यसले राहत मिलेको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी चिनफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई थप १० लाख डोज खोप तत्काल दिने घोषणा गरेको हो।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपछि सीले संवादका क्रममा नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको ट्वीटमार्फत् जानकारी दिएकी छन् ।

यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । आठ लाख मध्ये करिब तीन लाख डोज पहिलो मात्रा लगाइसकिएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ