मंगलबार र बुधबार एक लाख ५५ हजारले खाेप लगाए


काठमाडौं- मंगलबार र बुधबार देशभर एक लाख ५५ हजार २१३ जनाले कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन्।स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप अभियान अन्तर्गत बुधबार ५७ हजार ७५० जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए।

मंगलबार भने ९७ हजार ४६३ जनाले भेरोसेलको दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएका थिए । उनले बुधबारको र्पूण विवरण आउन बाँकि रहेको बताए।

उनका अनुसार काठमाडौं जिल्लमा ३० हजार ६४७ हजार व्यक्तिले खोप लगाएका छन्। मंगलबार काठमाडौं जिल्लामा ३२ हजार ४१७ जनाले ३२ खोप केन्द्रमार्फत खोप लगाएका थिए।

गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई मंगलबारबाट दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ।

जेठ २५ गते उपत्यकाका ६० देखि ६५ र उपत्यकाबाहिर ६४देखि ६५ वर्ष उमेरसमुहका ४ लाख ६० हजार व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइएको थियो।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भेरोसेल खोप लगाएर समय पुगी दोस्रो मात्रा लगाउन छुटेका र २५ गते लगाएका समेत गरी करिब ५ लाख व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइने बताइएको छ। त्यसका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकिएको छ।

स्वास्थ्य मन्त्रालयको बुधबार दिउँसो ४ बजेको तथ्यांक अनुसार हालसम्म नेपालमा २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ८ लाख ५१ हजार ३०० जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप पाएका छन्।

नेपालमा गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान संचालन सुरुवात भएको होकाठमाडौं- मंगलबार र बुधबार देशभर एक लाख ५५ हजार २१३ जनाले कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन्।स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप अभियान अन्तर्गत बुधबार ५७ हजार ७५० जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए।

मंगलबार भने ९७ हजार ४६३ जनाले भेरोसेलको दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएका थिए । उनले बुधबारको र्पूण विवरण आउन बाँकि रहेको बताए।

उनका अनुसार काठमाडौं जिल्लमा ३० हजार ६४७ हजार व्यक्तिले खोप लगाएका छन्। मंगलबार काठमाडौं जिल्लामा ३२ हजार ४१७ जनाले ३२ खोप केन्द्रमार्फत खोप लगाएका थिए।

गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई मंगलबारबाट दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ।

जेठ २५ गते उपत्यकाका ६० देखि ६५ र उपत्यकाबाहिर ६४देखि ६५ वर्ष उमेरसमुहका ४ लाख ६० हजार व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइएको थियो।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भेरोसेल खोप लगाएर समय पुगी दोस्रो मात्रा लगाउन छुटेका र २५ गते लगाएका समेत गरी करिब ५ लाख व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइने बताइएको छ। त्यसका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकिएको छ।स्वास्थ्य मन्त्रालयको बुधबार दिउँसो ४ बजेको तथ्यांक अनुसार हालसम्म नेपालमा २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ८ लाख ५१ हजार ३०० जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप पाएका छन्।

नेपालमा गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान संचालन सुरुवात भएको हो

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ