२४ प्रतिशतमा पुग्यो संक्रमणदर


काठमाडौं । गत ९ साउनमा कोरोना संक्रमणदर १६ प्रतिशत थियो । तर, बिस्तारै संक्रमणदर बढ्न थालेको छ । अस्पतालहरुमा पनि बिरामीको संख्या बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । यसलाई चिकित्सकहरुले कोरोनाको तेस्रो छालको रुपमा लिएका छन् ।

बुधबार कोरोना संक्रमणदर २४ प्रतिशत पुगेको छ । २४ घण्टामा देशभर ३ हजार ८ सय ४० संक्रमित थपिएका छन् । ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा आठ सय ५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा पाँच सय ५९, ललितपुरमा दुई सय ६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

देशभर हालसम्म संक्रमितको संख्या सात लाख ४६ हजार ६ सय ५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा एक हजार नौ सय ९३ जना डिस्चार्ज भएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com