खोपको विषयमा स्वास्थ्य राज्यमन्त्री र डब्लुएचओका प्रतिनिधिबीच छलफल


काठमाडौं । कोभिड१९ बिरुद्धको खोपलाई चाँडो ,व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि खोपको विषयमा स्वास्थ्य राज्यमन्त्री र डब्लुएचओका प्रतिनिधिबीच छलफल भएको छ ।
स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र डब्लुएचओका नेपाल प्रतिनिधि डा. राजेश रामबाजीरावबीच भएको छलफलमा कोभिड १९ बिरुद्धको खोपलाई चाँडो ,व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न सहजिकरण र सहकार्य गर्न सहमति भएको छ ।
भेटमा राज्यमन्त्री श्रेष्ठले खोप ल्याउने विषयमा सहजीकरण गरिदिन डब्लुएचओका प्रतिनिधि रामबाजीरावलाई आग्रह गरेका छन् । उनले आफू त्यसमा सहयोग गर्न तयार रहेको जवाफ दिएका छन् । खोप केन्द्र बढाउनु पर्ने र भिडभाडलाई व्यवस्थापन गरेर सहज रूपमा नागरिकलाई खोप दिने कुरामा आफ्नो मुख्य ध्यान रहेको राज्यमन्त्री श्रेष्ठको भनाई छ । भेटमा कोभिड १९ को अवस्था , अब आउन सक्ने खतरा र त्यसलाई व्यवस्थापन गर्ने विषयमा कुराकानी भएको छ ।
डब्लुएचओका प्रतिनिधिले राज्यमन्त्रीसमक्ष कोभिड १९ को अनुभव सेयर गरेका थिए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com