स्वास्थ्य राज्यमन्त्रीको निजी सचिवमा तिमल्सेना


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको निजी सचिवमा कपिल तिमल्सेना आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव तिमल्सेनालाई राज्यमन्त्री श्रेष्ठले निजी सचिव बनाएका हुन् । निजी सचिवालयमा तिमल्सेना सहित नवीन अधिकारी र ऋषिराम दाहाललाई राखेका छन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी आइतबार मासिक तथा वार्षिक कार्ययोजना सार्वजनिक गर्ने तयारी गर्दैछन् । मन्त्रालयमा गर्ने दैनिक कामको कार्ययोजना बनाएर अगाडि बढ्ने राज्यमन्त्री श्रेष्ठको भनाई छ । उनले सरकारी सुविधासमेत छोड्ने संकेत गरेका छन् । विज्ञहरुको टिम बनाएर काम गर्ने तयारीमा राज्यमन्त्री श्रेष्ठ रहेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com