वीर र टेकुमा कोभिड खोप लगाउन स्थगित


काठमाडौं । वीर र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सञ्चालन हुँदै आएको कोभिडविरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ।

अस्पतालमा उपचारका लागि कोभिड संक्रमितको चाप बढेको साथै लक्षित समूहभन्दा बाहिरका व्यक्तिको घुसपेठ नियन्त्रण गर्न कठिन भएको भन्दै भोलीदेखि हुने खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्री बहादुर खड्काले बताए ।

खड्काका अनुसार यी दुई अस्पतालमा भेरोसेलको पहिलो खोप अभियान स्थागित गरिएको हो। उनले उपत्यका र महानगरपालिकाका अन्य खोप केन्द्रमा भने खोप कार्यक्रम नियमित रहेको जानकारी दिए।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com