डाटा चोरीमा वीरकै कर्मचारी संलग्न


काठमाडौं । देशको पुरानो अस्पताल वीरका केही कर्मचारीहरुले उपचारमा आएका बिरामीहरुको डाटा चोरी गर्दै आएको खुलेको छ । फरक फरक मितिमा नाम, उमेर, थर, जिल्ला, पालिका, प्रदेश, उनिहरुलाई लागेको रोग, कारण सहितको डाटा अन्यन्त्र बिक्रि गरेको पाइएको हो ।

वीर अस्पताल मेडिकल रेक्कड शाखाका कर्मचारीहरुले बताए अनुसार कर्मचारीहरुले नियमीत रुपमा नागरिकको महत्वपूर्ण डाटा बिक्रि गर्दै आएको बताए । सो शाखामा कार्यरत एक कर्मचारीले भने, ‘सबै रेकड हामीसँग हुन्छ, तर वीरकै माफियाहरु कसरी बेच्न सफल हुन्छन् हामी आफै चकिक छौ ।’

कुन कुन सर्जिकल र मेडिकल सप्लाएर्स कहिले निर्देशक र खरिद प्रमुखसँग भेट गरे कसले कतिमा टेन्डर हालेका छन् जस्ता कुराहरु दिने गरेका छन् । यस्ता काममा अहेव विष्णु फुयाल, अग्निधर बस्याल, कम्प्यूटर अपरेटर बिष्नु घिमिरे, गार्ड राजाराम आर्चायसम्लग्न रहेका छन् । अफिस बन्द भएपछि यी कर्मचारीहरुले कार्यालय खोलेर डाटा चोरी गर्दै आएका छन् ।

डाटा विज्ञहरुका अनुसार आजको एक्काईसौ शताब्दीमा सुन, हिरा र मोती भन्दापनि मूल्यवान वस्तु भनेको डाटा हो । डाटाको कारोवार गर्ने कम्पनीहरुले रातारात अरबौं रकम कमाई गरिरहेको हामी सबैले सुन्दै आईरहेको विषय हो । अझ सरकारी निकायले संरक्षण गरेको नागरिकको वैयक्तिक डाटाको त कूनै मूल्य नै नहुने, अनमोल हुने गरेको छ । वीरको डाटा चोरीमा संलग्न कर्मचारीमाथि छानविनगरी कारबाही गर्न डाटा विज्ञहरूको सुझाव छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com