स्वास्थ्य राज्यमन्त्रीको चश्मा भाँचिएपछि…


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको चश्मा भाँचिएको देखेपछि मन्त्रालयमा खासखुस चलेको छ । स्वास्थ्य राज्यमन्त्रीको पदभार ग्रहण गर्न स्वास्थ्य मन्त्रालय पुगेका खापुङको चश्मा भाँचिएको देखेपछि राज्यमन्त्रीको कार्यकक्षमै कर्मचारीहरूबीच खासखुस चलेको हो।

भाँचिएको चश्मा लगाएर पहिलो निर्णय फायलमा हस्ताक्षर गर्न राज्यमन्त्री खापुङलाई पनि निकै सकस परेको देखिन्थ्यो । राज्यमन्त्रीको सपथ खान जाँदा हतारहतार गर्दा चश्मा भाँचिएको भन्दै स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री खापुङमाथि स्वागत गर्न भेला भएका मान्छेहरूले व्यंग्य हान्दै थिए । जे कारणले चश्मा भाँचिएपनि राज्यमन्त्री खापुङको चश्मामाथि स्वास्थ्य मन्त्रालयमा निकै चर्चा चल्यो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com