दसैँको फोहोरले काठमाडौंमा हैजा फैलने जोखिम


काठमाडौं । दसैँमा काठमाडौंका सार्वजनिक स्थानमा जथाभावी फ्याकिएका फोहोरका कारण हैजा फैलने उच्च जोखिम बढेको छ । काठमाडाैंका मुख्य-मुख्य चौकमा हैजा नै फैलने गरी फोहोर फ्याक्दा शहरै दुर्गन्धित भएको हो ।

हैजाको महामारी फैलने गरी शहरमा फोहोर फ्याक्दा पनि जिम्मेवार निकाय काठमाडौं महानगरपलिका मौन छ ।  फोहोर व्यवस्थापन गर्न करोडौं खर्चने काठमाडौं महानगरपलिका महामारीको उच्च जोखिममा परेको हो । हैजा महामारीको मुहान महानगर भित्रै रहेपनि मेेयर विद्यासुन्दर शाक्यको ध्यान फोहोर व्यवस्थापनमा भन्दा पनि कमिसनमा केन्द्रीत छ । यसैका कारण काठमाडौं महामारीको जोखिममा परेको महानगरपालिकाका अधिकारीहरु दाबी गर्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com