विराटनगरस्थित नोबेल अस्पतालको कन्तविजोग (भिडियोसहित)


विराटनगर । लगातार पानी परेपछि पूर्वका तीन जिल्ला (मोरङ, सुनसरी, झापा) डुबानमा परे । सुनसरीको दुहबीमा रहेको विद्युत प्राधिकरणको सब स्टेसन डुब्दा करिब ५० घण्टा विद्युत अबरुद्ध बन्यो ।

विराटनगर एयरपोर्टमा खोला नै पसेपछि जहाजको नियमित उडान स्थगित हुन पुग्यो ।

त्यो वर्षाले गर्दा विराटनगरमै रहेको नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालको पनि कन्तविजोग भयो । बिरामीलाई भुईंमै लडाएको देखियो ।

अस्पतालमा पानी छिरेर सास्ती खेप्नु पर्ने अवस्था आयो ।फार्मेसी, इमर्जेन्सी, ल्याब, प्यासेजदेखि पार्किङमासमेत पानी छिरेर नोबेल अस्पतालको अवस्था कन्तविजोग देखियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com