जेष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने बाटो खुल्यो


काठमाडौं । सरकारले जेष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जेष्ठ नागरिक अस्पताल बनाउन सैद्धान्तिक सहमति प्रदान गरेपछि जेष्ठ नागरिकका लागि छुट्टै अस्पताल बन्ने बाटो खुलेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. राधिका थपलियाको संयोजकत्वमा पायक पर्ने स्थानमा अलग्गै विशिष्टकृत जेष्ठ नागरिक अस्पताल सञ्चालन गर्ने सम्बन्धनमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले दिएको रिपोर्टका आधारमा जेष्ठ नागरिक अस्पताल निर्माणको प्रक्रिया अघि बढ्ने छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार जेष्ठ नागरिकको सम्मानका लागि बनाउन लागिएको जेष्ठ  नागरिक अस्पताल धादिङ, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे लगायतका जिल्लामा बन्ने  गरी तत्काल प्रक्रिया अघि बढाउने तयारी छ ।

मन्त्रिपरिषद्ले जेष्ठ नागरिक अस्पताल बनाउने बाटो खोलेसँगै मुलुकमा फेरि एउटा अस्पतालको संख्या थपिने भएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## स्वास्थ्यमन्त्री विरोध खतिवडा, #जेष्ठ नागरिक अस्पताल, #डा. राधिका थपलिया, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com