सरकारी चिकित्सकमाथि कठोर बन्दै स्वास्थ्य मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरकारी चिकित्सकमाथि कठोर बन्न थालेको छ ।

‘मन्त्रालयले निजी स्वास्थ्य संस्थामा काम गर्ने सरकारी चिकित्सक तथा स्वास्थ्यमन्त्रीलाई कस्न खोजेको देखिन्छ ।बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्णकालीन रुपमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुमाथि मन्त्रालय कठोर बनेको हो । त्यस्तो गर्नेलाई मन्त्रालयले कारबाहीको चेतावनी समेत दिएको छ ।

यस मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्णकालीन रुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्वारा हस्ताक्षरित अपिलमा उल्लेख छ ।

निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रुपमा काम गर्नु प्रचलित कानुन र विधि प्रतिकूल हुने भएकाले त्यस्ता चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com