सदन प्रतिपक्षको हो भनेर स्थापित गराउने पूर्वसभामुख ढुंगानाको निधन
 
	
                                            काठमाडौं। सदन प्रतिपक्षको हो भनेर स्थापित गराउने पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ। लोकतन्त्र र मानवअधिकारका हिमायती ढुंगानाको सेतोपुलस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो। नेपाल बार एशोसिएसनको नेतृत्वदायी भूमिकामा रहेका ढुंगानाको आईतबार निधन भएको छ।
अधिवक्ता डा. रुद्र शर्माका अनुसार ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको हो। ढुंगाना नेपाल कै पहिलो जननिर्वाचित सभामुख हुन्। ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुखको भूमिकामा रहेका थिए। वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना नेपाल बार एशोसिएसनकाका संस्थापक महासचिव हुन्।
ढुंगाना पछिल्लो समय नागरिक समाजका अगुवाको भूमिकामा रहेका थिए। संविधान जारी भएपछि भक्तपुर-२ बाट चुनाव समेत उठेका थिए। यद्यपि उनी चुनावमा विजयी हुन सकेनन्।
क्याटेगोरी : समाचार
 
                            
                             
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस