दर्ता अधिकृत र सहयोगीद्वारा ध्यानाकर्षण


काठमाडौं ।  स्वास्थ्य लाइभ मिडियामा गत २१ माघमा प्रकाशीत समाचार प्रती कर्णाली प्रदेशका दर्ता अधिकृत र सहयोगीले समाचार प्रती असहमति जनाएका छन् ।

स्वास्थ्य बीमा बोर्डमा भुत्तानी गर्नु पर्ने रकम दर्ता अधिकारी र दर्ता सहयोगी मार्फत जग्गा खरीदमा लगानी भन्ने समचार प्रती आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् । तर, उनीहरूले बदमासी अस्विकार भने गरेका छैनन् ।

एक ध्यानाकर्षण पत्र पठाउदै उनिहरुले भनेका छन्, “खासमा २०७८ सालमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य बीमा बोर्ड कालीकोटमा काजमा आएका केही स्वास्थ्यका कर्मचारीद्वारा केही बीमा योगदान रकम अपचलन भएको र साे घटना प्रती स्वास्थ्य बीमा बोर्डद्वारा छानविन समिति गठनगरी उक्त समीतीले छानबीन गरी प्रतीवेदन समेत बोर्डमा पेश भइ प्रकृयामा रहेको कुरा अबगत गराउन चाहान्छौ।”

ध्यानाकर्षण पत्रमा भनिएको छ, “उत्त घटनामा हाम्रो स्वास्थ्य बीमा बोर्ड अन्तरगतका कुनै पनि कर्मचारी संलग्न नभएको कुरा स्पष्ट पार्न चाहान्छौ। हामी स्वास्थ बीमा बोर्डका कर्मचारीहरु नेपाल को संबिधान २०७२ स्वास्थ्य बीमा ऐन २०७४ नियमावली २०७५ र अन्य प्रचलीत कार्यविधी निति र निर्देशीका बमोजीम पारदर्शी , जफाबदेही जिम्मेवार पुर्वक आफ्‌नो कर्तव्य पुरा गर्दै आइरहेको स्पष्ट पार्न चाहान्छाै ।”

इमानदार कर्मचारीलाई आक्षेप लगाउने स्वास्थ्य लाइभकाे कुनै याेजना र नियति छैन । हामी यश विषयमा थप अध्ययन अनुसन्धानमा जुटेका छाै ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ