‘इकोनोमिक मिनिस्टर’को जिम्मेवारी पाउने नितापछि पार्वती दोस्री महिला

काठमाडौं। सहसचिव पार्वती अर्याल ‘इकोनोमिक मिनिस्टर’को जिम्मेवारी पाउने दोस्रो महिला भएकी छिन्। उनले चीनको बेइजिङस्थित नेपाली आवासीय दूतावासको ‘इकोनोमिक मिनिस्टर’को जिम्मेवारी पाएकी हुन्। भारतको नयाँदिल्लीस्थित नेपाली आवासीय दूतावासको ‘इकोनोमिक मिनिस्टर’ बनेर निता पोखरेल अर्याल गएकी थिइन्। उनीपछि पार्वतीले ‘इकोनोमिक मिनिस्टर’ बन्ने मौका पाएकी हुन्।
निता तारानाथ अधिकारीभन्दा अघि दिल्लीमा ‘इकोनोमिक मिनिस्टर’ बनेकी थिइन्। उनीपूर्व स्वास्थ्य सचिव लक्ष्मण अर्यालको धर्मपत्नी समेत हुन्। २०७३ सालमा महिला कोटाबाट सहसचिव बनेकी निता सम्भवतः महिलाबाट ‘इकोनोमिक मिनिस्टर’ बन्ने पहिलो व्यक्ति हुन्। कोभिड-१९ मा खोप खरिदमा लक्ष्मणले सेटिङ मिलाएपछि उनी सजिलै ‘इकोनोमिक मिनिस्टर’ बनेर दिल्ली गएको चर्चा अझै सेलाएको छैन। तत्कालीन परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली गुल्मेली हुनुको नाताले पनि ‘गुल्मेली चेली’को लाभ समेत उठाउन निता सफल भइन्। निता अहिले निर्वाचन आयोगको प्रवक्ताको जिम्मेवारीमा रहेकी छिन्।
निताको पदचाप पछ्याउँदै लामो समयदेखि खाली रहेको बेइजिङको ‘इकोनोमिक मिनिस्टर’ बनेर पार्वती गएकी छिन्। मुख्यसचिव एकनारायण अर्यालको जोडबलमा उनी परराष्ट्र मन्त्रालय हुँदै बेइजिङस्थित ‘इकोनोमिक मिनिस्टर’मा जान सफल भएकी कर्मचारी वृत्तमा चर्चा सुनिन्छ। २०७९ साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी पार्वती महिलाबाट बेइजिङको ‘इकोनोमिक मिनिस्टर’ हुने पहिलो व्यक्ति बनेकी छिन्।
क्याटेगोरी : समाचारट्याग : #इकोनोमिक मिनिस्टर, #निता पोखरेल अर्याल, #पार्वती अर्याल सहसचिव, #स्वास्थ्य सचिव लक्ष्मण अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस