बारलाई भऱ्याङ बनाएर न्यायाधीश बन्ने प्रवृत्ति दोहोरियो


समाचार टिप्पणी

काठमाडौं। पछिल्लो समयमा बारलाई न्यायाधीश बन्ने भऱ्याङ बनाउन थालिएको छ। वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्कीदेखि मेघराज पोखरेलसम्म आईपुग्दा त्यो नजिर देखा परेको हो।

३ वर्षका लागि सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा निर्वाचित भएका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल मतदातालाई ‘धोका’ दिएर सर्वोच्च अदालतको न्यायाधीश हुन गएका छन्।नेपाली कांग्रेस निकट डीएलएबाट उम्मेदवार भएर सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा निर्वाचित भएका पोखरेल मतदाताको ‘म्यान्डेट’विपरीत सर्वोच्चको न्यायाधीश बन्न गएका हुन्। एउटा ‘म्यान्डेट’ लिएर बारमा निर्वाचित भएको व्यक्ति बीचैमा पद छाडेर हिँड्नु मतदातामाथि गम्भीर धोका हो। यो विषय नैतिकतासँग पनि जोडिन्छ।

पोखरेलभन्दा पहिला हरिकृष्ण कार्कीले पनि यस्तै बेइमानी गरेका थिए। नेपाल बार एशोसिएसनको अध्यक्ष भएपछि कार्की बीचैमा महान्यायाधिवक्ता हुँदै सर्वोच्चको न्यायाधीश बन्न गएका थिए। सर्वोच्च अदालतको प्रधानन्यायाधीशबाट अवकाश भएका कार्कीले गलत नजिर बनाए। त्यसलाई पोखरेलले पछ्याएका छन्। अब भने बारमा भोट हाल्दा लाभको पदसँग सौदाबाजी हुन्छ कि हुँदैन भनेर वकिलहरूले हेक्का राख्न जरूरी देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #मेघराज पोखरेल, #हरिकृष्ण कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ