पिपिएलएको अध्यक्षमा थापा, महासचिवमा निरौला

काठमाडौं। नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए)को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन्। ओमप्रसाद थपलियालाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन्।
महासचिवमा भने भुवनप्रसाद निरौला निर्वाचन भएका छन्। त्यस्तै कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे विजयी भएका हुन्। खुला उपाध्यक्षमा भिसनेस बन्जरा र महिला उपाध्यक्षमा यशोदादेवी खरेल निर्वाचित भएका छन्। उपमहासचिवमा बाबुराम राई विजयी भएका हुन्।
सचिवमा मुकुन्दप्रसाद अधिकारी र युवककुमार गौतम र खुला (महिला) सचिवमा अनिता गुरूङ निर्वाचित भएका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस