अलविदा लेखेका डा. श्रेष्ठ रिसोर्टमा भेटिए

काठमाडौं। अलविदा लेखेर लापत्ता भएका डा. केशव श्रेष्ठ तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टमा भेटिएका छन्। उक्त रिसोर्टबाट उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रहेका सुनसरीका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ लेखेर मोबाइल फोन अफ गरेर गायब भएका थिए। प्रहरीले उनलाई जीवितै उद्धार गरेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस