सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा दर्ज्यानी चिन्हद्वारा सुशोभित


काठमाडौं। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगर दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। हालै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पद (एआईजी)मा बढुवा भएका ठाडालाई महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन्।

असार ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो। उनले दर्ज्यानी चिन्ह भने बुधबार मात्र पाएका हुन्। एआईजी ठाडालाई सीमा सुरक्षा विभागको प्रमुख बनाइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ