सरकारले स्वास्थ्य संस्थाहरूमा अनावश्यक हस्तक्षेप गरेर धराशायी बनायो: डा. शेखर कोइराला


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासयी बन्दै गएको बताएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुगेर डा. कोइरालाले उक्त कुरा बताएका हुन्।

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानका सन् २००० ‘ब्याच’का एमबीबीएस विद्यार्थीहरू धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको बताए। स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाई छ।

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति समेत रहेका कोइरालाले वीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरु जहाँ-जहाँ पुगेपनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको धारणा राखे।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ