कृसुले संकेत गरेजस्तै जापानको राजदूतबाट फिर्ता आएका दुबसु परराष्ट्रमन्त्री बन्लान्?


काठमाडौं। सरकारले २० गतेभित्र फिर्ता आइसक्नु भनेर बोलाएका राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु) अहिले निकै चर्चामा छन्। आरजु राणा देउवाको प्रिय पात्र भएकै कारण बेलायतबाट फर्केको छोटो समयमै जापानको राजदूत बन्न सफल दुबसु अहिले बल्ल फेला परेका छन्।

परराष्ट्र सेवामा खतरनाक मानिने दुबसु ४ वर्ष कार्यकाल पूरा नभई जापानको राजदूतबाट फिर्ता भएका छन्। आरजुको सेवा गरेर जापानको राजदूतमा टिकिरहेका कवि हृदयका दुबसुलाई सुशिला कार्की नेतृत्वको सरकारले ४ वर्ष नपुग्दै फिर्ता बोलाउने निर्णय गरेको छ। उनी नेपाल फर्किने तरखरमा छन्। जापानमा रहेका नेपाली समुदायले खुसी मनाउँदै दुबसु छिट्टै नेपाल जाउन भन्ने कामना गरिरहेका छन्।

एनआरएनए जापानका पूर्वअध्यक्ष समेत रहेका पारसमणि पोखरेलले त समाजिक सञ्जाल फेसबुकमै स्टाट्स लेखेर दुबसु आरजुका प्रिय पात्र जापानका राजदूत दुबसुलाई सरकारले फिर्ता बोलाएकोमा खुसी व्यक्त गरेका छन्। दुबसुले भोलि नै जापान छोडेर जाँदा जापानवसी नेपालीहरु खुसी हुने सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै पोखरेलले लेखेका छन्। एउटा राजदूत राम्रो चलाउन नसक्ने दुबसुलाई उनका भाइ कृष्णकुमार सुवेदी (कृसु)ले भने देशको परराष्ट्रमन्त्री बन्न सक्ने संकेत गरेका हुन्।

बेलायतमा हुँदा आरजु र उनका छोरा जयवीरलाई राम्रो सेवा गरेबापत जापानको राजदूत हुन सफल दुबसुले थापागाउँको बानेश्वर व्याङ्कवेटमा रात्रीभोज नै खुवाएका थिए। उनलाई सरकारले राती पारेरै फिर्ता बोलाएको हो।

खरिदारबाट सेवा प्रवेश गरेर बढुवाबाटै परराष्ट्र सेवाको उपसचिव बनेका दुबसुका सहोदर भाइ कृष्णकुमार सुवेदी (कृसु)ले भने उनी परराष्ट्र मन्त्री बन्ने संकेत गरेका छन्। दुबसुका भाइ कृसुले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुनै कुनै निर्णयले त एक करियर डिप्लोम्याटले चाँडै मन्त्रालयकै नेतृत्व लिनु पर्ने दिन आउँदै छ।’, उनले दाइ दुबसु परराष्ट्रमन्त्री बन्ने संकेत गरेका छन्। हालै आरजु र शेरबहादुरको पासपोर्ट अस्पतालमै पुऱ्याउन सहजिकरण गरेका कृसुले दुबसुलाई परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुऱ्याउने सपना देखेका छन्। उक्त सपना सबै हुरीले उडाउन पनि सक्छ।

दुबसुका दुईजना भाइ चक्र र कृसु परराष्ट्र सेवामै छन्। चक्र नासुबाट छिरेर बढुवा भएर शाखा अधिकृत र उपसचिव बनेका हुन्। कृसु पनि केही महिना अघि मात्र उपसचिवमा बढुवा भएका हुन्। सुब्बा र उपसचिव बढुवाबाट भएका कृसु शाखा अधिकृत भने २०६९ साउनमा अपांग कोटाबाट भएका थिए। उक्त कागजात पनि छानबिन गर्दा कैफियत भेटिन सम्भावना रहेको परराष्ट्रका उच्च अधिकारीहरू बताउँछन्।

कृसु दाइलाई परराष्ट्रमन्त्रीको कुर्सीमा बसाल्ने योजना बुन्न थालेका छन्। उनले दुबसुलाई परराष्ट्रमन्त्री बनाउने दिवा सपना देख्न थालेको परराष्ट्रमा चर्चा हुन थालेको छ। श्रीलंकाका तत्कालीन राजदूत स्व. प्रदिप खतिवडाले दुबसुका दाजुभाइले शितल निवास ( हाल राष्ट्रपति कार्यालय तत्कालीन परराष्ट्र मन्त्रालय) आफ्नो नाममा ल्याए अच्चम नमाने हुन्छ भनेर व्यंग्य कस्ने गरेको परराष्ट्रका अधिकारीहरू सुनाउँछन्। यस्ता प्रवृत्तिलाई परराष्ट्र मन्त्रालय जिम्मा लगाउनु भनेको देशका लागि ठूलो दुर्भाग्य हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #कृशु उपसचिव, #कृष्णकुमार सुवेदी, #खरिदारबाट उपसचिव, #परराष्ट्रका उपसचिवहरू चक्रबहादुर सुवेदी, #राजदूत डा. दुर्गा बहादुर सुवेदी( दुबसु )

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ