पूर्वमन्त्री देवेन्द्र पौडेलकी श्रीमती बलावती शर्मा नेकपाबाट समानुपातिक सांसद
काठमाडौं। पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलकी श्रीमती बलावती शर्मालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। नेकपाले बलावतीलाई खस आर्य महिला कोटाबाट समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
देवेन्द्रले चुनाव हारेपनि श्रीमतीलाई सांसद बनाउन सफल भएका छन्। पटकपटक सांसद र मन्त्री भएका पौडेलकी श्रीमती बलावती समानुपातिक सांसद बनाएरै छाडेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईबाट जमानत समेत जोगाउन नसकेर सातौं स्थानमा धकेलिएका पौडेल श्रीमतीलाई सांसद बनाउन सफल भएका हुन्।
नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। उनीहरूको नाम निर्वाचन आयोगमा पठाइएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस