रास्वपाका समानुपातिक सांसदहरू दोहोरो खतरामा: मन्त्री नबनाइने, गडबडी गर्नेलाई सांसदबाट फिर्ता बोलाइने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बनेका समानुपातिक सांसदहरू दोहोरो खतरामा परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूबीच समानुपातिक सांसदलाई सकभर मन्त्री नबनाउने भद्र सहमति भएको छ। अर्कातिर पार्टीको विधानविपरीत चले, विवादमा मुछिए समानुपातिक सांसदबाट फिर्ता हुने सम्भावना देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गडबडी गर्ने सांसदलाई फिर्ता बोलाउने (राइट टू रिकल)को व्यवस्था कार्यान्वयनमा ल्याइने सार्वजनिक घोषणा गरेका छन्। रास्वपाको विधानमा समानुपातिक सांसदलाई फिर्ता बोलाउन सक्ने प्रावधान रहेको छ। त्यसैले गडबडी गर्ने समानुपातिक सांसदको पद चैट हुने खतरा देखिन्छ।
एकातिर मन्त्री बन्ने सम्भावना कम र अर्कातिर सांसदबाटै फिर्ता हुनुपर्ने अवस्थाले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदहरू दोहोरो खतरामा देखिन्छन्। अनुशासित भएर संसदीय अभ्यासलाई निरन्तरता दिने समानुपातिक सांसदहरूको मात्र रास्वपामा भविष्य देखिन्छ। गडबडी गर्ने समानुपातिक सांसदको भने भविष्य जोखिममा छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ