आदर्शको सेटिङमा पर्यटनतिर राजनीतिक नियुक्ति खाएकाहरूको जागिर धरापमा


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको सेटिङमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत विभिन्न निकायमा जागिर खाएकाहरूको पद धरापमा पर्ने भएको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेपछि आदर्शको सेटिङ भत्किने भएको हो।

आदर्शको सेटिङमा लुम्बिनी विकास कोष सदस्यसचिव दिपक श्रेष्ठ नियुक्त भएका थिए। पशुपति क्षेत्र विकास कोषमा समेत आदर्शले सेटिङ गरेर प्रकाशमणि शर्मा भुसाललाई सदस्यसचिव बनाएको चर्चा सुनिन्छ।

आदर्शको सेटिङमा नेपाल बायुसेवा निगमको निमित्त महाप्रबन्धक बनेका अमृतमान श्रेष्ठको निमित्त पनि पहिलो लटमा खोसिने सम्भावना छ। आदर्श अमृतमानलाई निगमको कार्यकारी अध्यक्ष दौडधुपमा लागिरहेका छन्। उनी कार्यकारी अध्यक्ष नै बनेपनि बालेन सरकारले उनलाई पदबाट हटाउने देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले राजनीतिक नियुक्ति खाएकाहरूले राष्ट्रिय योजना आयोग र महान्यायाधिवक्ताले जस्तै नयाँ सरकार आएपछि स्वतः पद छाड्नु पर्ने बताए। आग्रह गर्दा पदबाट नहटे सरकारले एक्सन लिने उनको संकेत छ।

बालेन नेतृत्वको सरकारले हजारौंको संख्यामा रहेको राजनीतिक नियुक्ति खारेज गर्ने सम्भावना छ। पार्टीका मान्छेभन्दा योग्यताका आधारमा त्यस्ता नियुक्ति गर्ने र अनावश्यक संरचना व्यवस्थापन गरेर आवश्यक नियुक्ति गर्ने बालेन सरकारको रणनीति बनाएको बुझिन्छ।

आदर्शको राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा भएको नियुक्ति पनि धरापमा परेको छ। बालेन सरकारले राजनीतिक भर्ति केन्द्रमाथि व्यापक हमला गर्ने देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ