म्यादी स्वास्थ्य मन्त्रीको आइतबार बिदाइ


काठमाडौं । निर्वाचनको मत परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गत बिहीबार पेस भएसँगै वर्तमान सरकारको कार्यकाल प्रभावहीन बन्दै गएको छ। यससँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत म्यादी मन्त्री डा. सुधा शर्माले पनि आइतबार औपचारिक रूपमा बिदाइ लिने भएकी छन्।

मन्त्रालय स्रोतका अनुसार आइतबार स्वास्थ्य मन्त्रालयमै एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिनेछ। कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारीदेखि कर्मचारीसम्मले उनको कार्यकालप्रति धन्यवाद ज्ञापन गर्नेछन्। स्रोतका अनुसार सोमबारदेखि भने डा. शर्मा मन्त्रालयको दैनिक कामकाजमा सहभागी हुने छैनन्।

डाक्टर शर्माले म्यादी मन्त्रीका रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेको अवधिमा देशभरका विभिन्न अस्पतालको अनुगमनमा समय बिताउने बाहेक देखिन र सम्झना लायक कुनै काम गर्न सकिनन्। उनको कार्यकालमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुनै दीर्घकालीन योजना, नीतिगत खाका वा उल्लेखनीय उपलब्धि भने देखिन सकेन।

अधिकारीहरूका अनुसार उनले अस्पताल भ्रमणलाई प्राथमिकता दिए पनि त्यसबाट नीतिगत सुधार वा सेवा प्रवाहमा ठोस परिवर्तन ल्याउने काम अघि बढ्न सकेन। “उहाँले धेरै ठाउँ घुम्नुभयो, तर त्यसको प्रतिफल नीति वा प्रणालीमा देखिएन,” मन्त्रालयका एक अधिकारीले भने।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गर्न नसकेको भन्दै डा. शर्माको कार्यकाल आलोचनाले घेरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ