भन्सार र राजस्वको महानिर्देशक हुने दुई शक्तिशाली प्रशासक


काठमाडौं। अर्थ मन्त्रालय अन्तर्गत रहेका दुई विभाग भन्सार र आन्तरिक राजस्व आकर्षक अड्डामा पर्छन्। भन्सार र आन्तरिक राजस्व विभागको महानिर्देशक हुन पाए सहसचिवले आफूलाई महाभारतको युद्ध जिते जातिकै ठान्छ। तर, भन्सार र आन्तरिक राजस्व विभागको महानिर्देशक बन्न सफल प्रशासक पनि फेला परेका छन्।

टंकमणि शर्मा र शोभाकान्त पौडेल भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक बन्ने शक्तिशाली प्रशासक हुन्। चूडामणि शर्माका लागि समेत असम्भव रहेको कुरालाई उनीहरूले सम्भव बनाएरै छाडे। उनीहरू निजामती प्रशासनका चतुर र शक्तिशाली खेलाडी ‘दर्ज’ भएका छन्। शर्मा र पौडेलबाहेक भन्सार र राजस्वको डिजी बन्ने कोही प्रशासक फेला परेका छैनन्।

 टंकमणि शर्मा २०६७ चैत १४ गतेदेखि २०६८ मंसिर ६ गतेसम्म भन्सार विभागको महानिर्देशक रहेको ‘रेकर्ड’बाट देखिन्छ। भन्सार विभागको महानिर्देशकबाट आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका शर्मा २०७१ साउन ३० गते कार्यरत रहे। टंकमणि शर्मा महालेखापरीक्षक हुँदै घर गइसकेका छन्।

टंकमणि शर्मालाई चक्मा दिँदै शोभाकान्त पौडेल पनि भन्सार र आन्तरिक राजस्व विभागको महानिर्देशक बन्नेमा पर्छन्। २०७८ भदौ ३ गतेदेखि फागुन २ गतेसम्म शोभाकान्त पौडेल आन्तरिक राजस्व विभागको महानिर्देशक बने। २०८० जेठ १७ देखि चैत १८ गतेसम्म पौडेल भन्सार विभागको महानिर्देशक भएर अड्डा जमाए। भन्सार र राजस्व दुबैतिर तरमार्ने पौडेल अहिले महालेखा नियन्त्रकको भूमिकामा कार्यरत रहेका छन्। निजामती प्रशासनमा यस्ता शक्तिशाली प्रशासकहरू पनि थिए र अब शक्ति बन्न नदिने विषयमा बालेन सरकारले ध्यान दिनुपर्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ