बालेनले महानगर छाड्नेबित्तिकै बानेश्वरका भूमाफिया चाम्लिङ सक्रिय, भत्काएको संरचनामा समेत सटर हालेर लगाए भाडामा
काठमाडौं। बालेन्द्र शाह (बालेन)ले काठमाडौंको मेयर छाड्नेबित्तिकै बानेश्वर (देवीनगरका) भूमाफिया इन्द्रकुमार चाम्लिङ सल्बलाएको पाइएको छ। बालेन मेयर हुँदा काठमाडौं महानगरपालिका वडा १० देवीनगरका भूमाफिया चाम्लिङले सरकारी जग्गा हडपेर अनधिकृत रूपमा बनाएको संरचनामा डोजर लगाएका थिए। बालेनले महानगर छाड्नेबित्तिकै भूमाफिया चाम्लिङले खण्डहर संरचनामा सटर हालेर भाडामा लगाएको खुल्न आएको हो।

बानेश्वर देवीनगर धोबीखोला करिडोरमा चाम्लिङले सरकारी जग्गामा ८/१० वटा संरचना बनाएर भाडा खाँदै आएका थिए। उक्त संरचनामा बालेनको डोजर चलेको थियो। डोजर लगाएको उक्त ठाउँमा सरसफाइ गर्न बाँकी नै थियो। बालेनले महानगर छाड्नेबित्तिकै खण्डहर संरचनामा सटर हालेर भूमाफिया चाम्लिङले भाडा लगाएको देखिएको हो।

देवीनगरमा सरकारी जग्गा हडपेर संरचना खडा गरेका भूमाफिया चाम्लिङ पछिल्लो समय हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा लागेका थिए। उझै देवीनगरमा सुकुम्बासीका नाममा भाडा खाँदै आएका चाम्लिङले चलखेल गरिरहेको पाइन्छ। सरकारी जग्गामा संरचना खडा गरेर भाडा खाँदै आएका भूमाफिया चाम्लिङमाथि बालेन सरकारले तत्काल एक्सन लिन जरूरी छ।





तपाईको प्रतिक्रिया दिनुहोस