हुकुमबासीले कब्जा गरे स्वर्गद्वारी आश्रमको जग्गा
काठमाडौं। दाङको लमही नगरपालिका अर्नहवामा हुकुमबासीहरूले स्वर्थद्वारी आश्रमको जग्गा कब्जा गरेको पाइएको छ। महेन्द्र राजमार्ग खण्डमा ठूल्ठूला व्यवसायिक घराना र भूमाफियाले स्वर्गद्वारी आश्रमको जग्गा कब्जा गरेको पाइएको हो।
पूर्व-पश्चिम (महेन्द्र) राजमार्गको लमही नगरपालिकाको मुख्य बजारमा मात्र भूमाफियाहरूले ४० बिगाहा जग्गा कब्जा गरेका छन्। उक्त जग्गा कब्जा गरेर बस्नेमा नेपाल प्रहरीका अधिकारीदेखि व्यापारीसम्म रहेका छन्।
लमही बजारको बगई पुलबाट अर्नहवा पुलसम्म विभिन्न भूमाफियाले स्वर्गद्वारी आश्रमको जग्गा कब्जा गरेको देखिन्छ।स्वर्गद्वारी गुठीको जग्गा खानेमा नेपाल प्रहरीका हवल्दार सुरेश श्रेष्ठदेखि गणपति हार्डवेयरका मालिकसम्म रहेको पाइन्छ। प्युठानको स्वर्गद्वारी मन्दिर सञ्चालनका लागि स्वर्गद्वारी महाप्रभुले दाङ जिल्लाको विभिन्न ठाउँमा हजारौं बिगाहा जमिन खरिद गरेका थिए। उक्त जग्गा स्वर्गद्वारी आश्रमका नाममा रहेको छ। कतिपय जग्गा मोही समेत लागेको छ। मोहीबाहेक पनि भूमाफियाहरूले स्वर्गद्वारीको जग्गा कब्जा गरेका छन्। गणपति हार्डवेयरको मालिकलाई देखाएर अन्य भूमाफियाले भटाभट स्वर्गद्वारी गुठीको जग्गा कब्जा गरेको स्थानीयहरू बताउँछन्।
स्वर्गद्वारी जस्तो पवित्र संस्थाको जग्गा भूमाफियाले कब्जा गर्दा पनि स्थानीय प्रशासन मौन छ। राजनीति दलहरू उल्टै भूमाफियाको संरक्षणमा लागेको पाइन्छ। स्वर्गद्वारी गुठीको वास्तविक मोही संख्या २९७ रहेको छ। तर, त्यसको दोब्बर संख्यामा नक्कली मोही खडा गरेर स्वर्गद्वारी गुठीको जग्गा कब्जा गरिएको आश्रमको गुनासो छ।
लमही नगर पालिका ४ अर्नहवामा स्वर्गद्वारी आश्रमको निजी सम्पत्ति जमिन अतिक्रमण गरि व्यवसाय सञ्चालन गर्ने हुकुमबासीका ठूल्ठूला घर बनेको देखिन्छ। गणपति हार्डवयेर, श्याम भण्डारी, सुरेश श्रेष्ठलगायत दर्जनौं हुकुमबासीले स्वर्गद्वारी आश्रमको जग्गामा हैकम जमाइरहेका छन्। स्वर्गद्वारी आश्रमको जग्गा हडपेर बनेका हुकुमबासीका यस्ता आलीसान घरमा बालेनको डोजर चल्नैपर्छ।















ट्याग : ## भूमाफिया, #गणपति हार्डवेयर, #स्वर्गद्वारी आश्रम


तपाईको प्रतिक्रिया दिनुहोस