ग्लोबल फण्डको गैर-सरकारी पीआर छनोट प्रक्रिया सुरु, सिसिएमले माग्यो आवेदन (डकुमेन्ट सहित )
काठमाडौं । सिसिएम नेपालले ग्लोबल फण्डको अनुदान चक्र–८ अन्तर्गत गैर-सरकारी प्रमुख प्राप्तकर्ता पीआर छनोट प्रक्रिया सुरु गरेको छ।
सिसिएमले आइतबार सूचना जारी गर्दै एचआईभी, क्षयरोग (टीबी), मलेरिया कार्यक्रम सञ्चालनका लागि योग्य तथा इच्छुक गैर-सरकारी संस्थाहरूबाट आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार छनोट हुने संस्थाले सन् २०२७ अगस्टदेखि २०३० जुलाईसम्मको अवधिमा ग्लोबल फण्डका कार्यक्रम कार्यान्वयन गर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति २०८३ असार ८ गते साँझ ५ बजेसम्म तोकिएको छ।

हाल नेपालमा ग्लोबल फण्डका कार्यक्रमअन्तर्गत मलेरिया कार्यक्रमको प्रमुख प्राप्तकर्ता (PR) नेपाल सरकार रहेको छ भने एचआईभी र क्षयरोग कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले PR को भूमिका निर्वाह गर्दै आएको छ। युएनडिपी पीआर हुनु अगाडि सेभ द चिल्ड्रेन पीआर थियाे । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले कांग्रेस नेता गगन कुमार थापाको श्रीमती पनि उक्त सस्थामा काम गरेकाे भन्दै अवैधरुपमा पीआर खाेसेर युएनडिपीलाइ सुम्पिएका थिए । तर, युएनडिपीकाे कार्यक्षमता शून्य देखिएपछि स्वास्थ्य सुचकांकमा समस्या देखिएको छ ।
अरु सरह प्रपोजल हालेर सरकारी बजेट चलाउँने तर, एलएफएलाइ अडिट गर्न राेक लगाउँने, अवैध ९ लाख एचआइभी “डुअल” टेस्ट कीट खरिद गरेर जबर्जस्ती सरकारी सिस्टममा दाखिला गर्न लगाउँने, नक्कली सटिफिकेटधारीलाई सरकारी अनुदानकाे बजेट हेर्न जिम्मा दिने, नेपाली विज्ञ हुँदाहुँदै चार जना विदेशी विज्ञ कानुन विपरीत हायर गरेर कराेडाैं झ्वाम पार्ने जस्ता यावत कार्य युएनडिपीबाट हुँदै आएको थियाे ।
यूएनडीपीको पर्फर्मेन्समा स्वयं ग्लोबल फण्डले पनि डी रेटिङ दिएको थियो भने ओभरसाइड कमिटीले पनि अत्यन्तै पुअर भएको भन्दै कडा आलोचना गरेको थियो। युएनडिपीको असक्षमताका कारण दबाबमा परिरहेको सरकार अन्तत नयाँ पियार छनोट प्रक्रियामा प्रवेश गरेको छ।
ग्लोबल फण्डको आगामी अनुदान चक्रका लागि गैर-सरकारी पीआर छनोट प्रक्रिया अघि बढेसँगै आगामी तीन वर्षका लागि अर्बौं रुपैयाँ बराबरको अनुदान कसले सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य क्षेत्रको चासो बढेको छ। पारदर्शिता, विगतका कार्यसम्पादन क्षमता, वित्तीय सुशासन र खरिद व्यवस्थापनलाई छनोटको प्रमुख आधार बनाइनुपर्ने आवाज पनि उठ्न थालेको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस