प्रविण भट्टराईद्वारा समाचारको खण्डन
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य नियुक्तिसम्बन्धी समाचारमा आफ्नो नाम जोडेर भ्रामक तथा तथ्यहीन सामग्री प्रकाशित गरिएको भन्दै प्रविण भट्टराईले खण्डन गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक सदस्य नियुक्तिको प्रक्रिया उल्टिएको थियो ।
नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्यमा मेरिटका आधारमा लिलाराज ढकाल, महेश्वर भक्त श्रेष्ठ, डा. दिपक बाँस्तोला र डा. भिम चन्द लगायतको पक्षमा आदेश आएको थियो । उक्त आदेशसँगै यसअघि नियुक्ति खाएका प्रविण भट्टराई र रूपा लामिछाने भने आउट भएका थिए ।
यस विषयमा प्रकाशित समाचारप्रति असहमति जनाउँदै भट्टराईले उक्त समाचार तथ्य, प्रमाण र आधिकारिक आधारबिना प्रकाशित गरिएको दाबी गरेका छन् । भट्टराईले जारी गरेको खण्डनमा आफूलाई लक्षित गरी प्रकाशित समाचारले अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गर्दै समाचारमा प्रस्तुत गरिएका विवरण सत्य नभएको बताएका छन्।
उनले खण्डनमा भनेका छन्, “मेरो बुझाइमा स्वास्थ्य लाइभले प्रकाशित गरेको समाचार तथ्य र प्रमाणविहीन, भ्रामक तथा झुटो छ। तथ्यलाई तोडमोड गरी नियोजित रूपमा भ्रम सिर्जना गर्ने उद्देश्यले समाचार प्रकाशित गरिएको देखिएकाले प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरियोस्।” भट्टराईले सञ्चारमाध्यमलाई समाचार प्रकाशन गर्दा सत्यतथ्यको पुष्टि गरी जिम्मेवार पत्रकारिताको अभ्यास गर्नसमेत आग्रह गरेका छन्।
यस्तो छ खण्डन



तपाईको प्रतिक्रिया दिनुहोस