एमाले सांसद राईले सभामुखमाथि गरेको टिप्पणी संसद्को रेकर्डबाट हटाइयो


काठमाडौं । एमाले सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्यालमाथि गरेको असंसदीय टिप्पणी संसदको रेकर्डबाट हटाइएको छ ।

विहान ११ बजे सुरु भएको प्रतिनिधि सभा बैठकमा राईले आकस्मिक समयमा बोल्ने क्रममा सभामुखलाई ‘कान सुन्नु हुन्छ कि सुन्नु हुन्न’ भन्दै टिप्पणी गरेका थिए । उक्त राइले बोलेका सम्पूर्ण शब्दहरु संसदीय अभिलेखबाट हटाउन सभामुख अर्यालले निर्देशन दिएपछि रेकर्डबाट हटाइएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ