निजामती कर्मचारी अस्पतालका अधिकृत ढुंगानासहित ८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं। निजामती कर्मचारी अस्पतालको फार्मेसी अधिकृत दिपा ढुंगानासहित ८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू २ करोड ९१ लाख ३४ हजार बढी बिगो माग दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा अधिकृत ढुंगानासहित फार्मेसी सहायकहरु लवेन्द्र कुँवर, दिपक सापकोटा, विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारी प्रतिवादी रहेका छन् ।

अख्तियार सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो। निजामती कर्मचारी अस्पताल, काठमाडौमा फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधी आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधीको आपूर्ति नभै बिल बिजक सफ्टवेयरमा ईन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्याङ्गमा करोडौँ औषधी म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधी यथार्थमा मौज्दात नरहेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ