हप्ता दिनमै घर जान लागेका सचिव शर्मा बिदामा


काठमाडौं। हप्ता दिनभित्रै घर जान लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा अवकाशको दिनसम्म नै बिदा लिएर बसेका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सचिव शर्मा साउन ३ गतेसम्म बिदामा बसेका छन्। सचिव शर्मा को असार ५ गतेसम्म मात्र जागिर बाँकी छ।
२०७८ साउन ४ गते सचिवमा बढुवा भएका सचिव शर्माको साउन ३ गते रातिबाट सचिव ५ वर्षे कार्यकाल पूरा हुँदैछ। अब उनको जागिर एक हप्ता पनि बाँकी छैन। घर जानुभन्दा एकहप्ता अगाडि नै सचिव शर्मा विदामा बसेका हुन्। उनी नआउने गरी उताउतै घर गएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन्। सचिव शर्मा मुख्यसचिव नबनाएको झोकमा विदामा बसेको पाइन्छ। सरकारले गोविन्दबहादुर कार्कीलाई सचिव बनाएपछि उनी विच्किएको बताइन्छ। सचिव शर्माले राजीनामा दिने आँट भने गर्न सकेका छैनन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ