नक्कली भुटानी शरणार्थी काण्डमा कैद सजाय पाएका ‘भीआईपी’हरू


काठमाडौं। भुटानी शरणार्थी काण्डमा आधा दर्जन ‘भिआईपीहरू’ले जेल सजाय पाएका छन्। टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, इन्द्रजित राईजस्ता आधा दर्जन ‘भिआईपी’हरू नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने काण्डमा दोषी ठहर भएका हुन्। कसुर अनुसार उनीहरूलाई फरक फरक-फरक सजाय सुनाएको छ।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी काण्डमा दोषी ठहर गरेका सबैभन्दा ठूला भीआईपी टोपबहादुर रायमाझी हुन्। उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई पनि ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि उक्त प्रकरणमा दोषी ठहर भएका छन्। उनीहरू ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर भएका हुन्।

त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाण उक्त प्रकरणमा मतियारको रूपमा दोषी ठहर भएका छन्। खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

पूर्व सांसद आङटावा शेर्पा, खाणका निजी सचिव नरेन्द्र केसी, हज समितिका तत्कालीन अध्यक्ष शमशेर मिया, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राईलगायतको हकमा पनि सजाय निर्धारण भएको छ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ