स्वार्थ बाझिएका दिपकराज पाठक गुठी संस्थानको प्रशासक बन्न दौडधुपमा
काठमाडौं। स्वार्थ बाझिएका दिपकराज पाठक गुठी संस्थानको प्रशासक बन्न दौडधुपमा लागेको पाइएको छ। पाठकको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको अवस्थामा उनले संक्षिप्त सूची, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको चरण पार गरेको पाइन्छ। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्था र गुठी संस्थानसँग स्वार्थ बाझिने व्यक्ति पाठकलाई संक्षिप्त सूचीमा पार्नुले गम्भीर आशंका जन्माएको छ। सिफारिस समितिमाथि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिन गर्न आवश्यक देखिन्छ।
पोखराको लिचीबारी बगैंचादेखि चिनियाँ लामा नियुक्ति प्रकरणसमम्म मुछिएका तत्कालीन भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेका नुवाकोट तादीका पाठकलाई कामकाज गर्न अदालतले रोक लगाइदिएको थियो। सर्वोच्च अदालतले सुरुमा अन्तरकालीन अन्तरिम आदेश र दुबै पक्षको छलफलपछि अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो। अदालतले स्वार्थद्वन्द्व योग्यतामाथि नै परीक्षण गर्न खोजिरहेका पाठक अहिले गुठी संस्थानको प्रशासन बन्न दौडधुपमा रहेको पाइएको छ। उक्त विषयमा प्रधानमन्त्री कार्यालयको आवश्यक ध्यानाकर्षण हुन जरूरी छ।
नेकपा एमाले निकट भूमि अधिकार मञ्चमा बसेर गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गराउन वकालत गर्दै आएका पाठक उक्त संस्थाको प्रशासन बन्ने दौडधुपमा देखिन्छन्। गुठी संस्थानसँग मुद्दा लडेर गुठीको जग्गा खान खोजेका ‘झगडिया’ दिपकराज पाठक संक्षिप्त सूचीमा पर्नु आश्चर्यको विषय बनेको छ।
असन अन्नपूर्ण गुठीको गुठी तैनाथी कायम हुने साबिक गोंगबु वडा नं. ४ (ग) कित्ता नम्बर १२३९ को ७ आना २ दाम जग्गा पाठकको नाममा दर्ता कायम रहेको देखिएकाले गुठी संस्थानको प्रशासकबाट २०५९ असार २७ गते गुठी संस्थान ऐन २०३३ को दफा ३९(१) प्रयोग गरी उनको नामको दर्ता बदर गरी साबिक बमोजिम उक्त जग्गा गुठी तैनाथीमै दर्ता कायम गर्ने गरी निर्णय भएको थियो। गुठी संस्थानको उक्त निर्णय उपर पाठक तत्कालीन पुनरावेदन अदालत गए। पुनरावेदन अदालतले २०६० जेठ २३ गते गुठी संस्थानको प्रशासकबाट भएको निर्णय सदर गरेको देखिन्छ। तर, उक्त तथ्यलाई लुकाएर पाठकले फेरि दाखिल खारेज गरेर आफ्नो नाममा पूर्जा दिन गुठी संस्थानमा निवेदन दिएको पाइन्छ।
त्यति मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत २०५७ वैशाख १९ गते उक्त असन अन्नपूर्ण गुठीको जग्गा व्यक्तिको नाममा दर्ता भएको भए दर्ता बदर गरी गुठी तैनाथी कायम गर्न गुठी संस्थानलाई निर्देशन दिएको देखिन्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०५७ माघ ९ गतेको बैठकले ‘गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम गुठीको जग्गा रैकरमा दर्ता भएको भएना पनि गुठीको जग्गा भन्ने गुठीको श्रेस्ताबाट देखिन आइ प्रमाणित हुन आएमा त्यस्ताे जग्गा गुठीको जग्गामा दर्ता गरिने प्रावधान बमोजिम असन अन्नपूर्ण गुठीको जग्गालाई व्यक्ति विशेषको नाउँमा भएको दर्ता बदर गरी गुठी तैनाथी कायम गर्न गुठी संस्थानलाई लेखी पठाउने’ निर्णय गरेको थियो। उक्त निर्णयमा गुठी तैनाथीको जग्गा पारित गरिदिन नहुनेमा लिखत पारित गरिदिने मालपोत कार्यालय, काठमाडौंका तत्कालीन मालपोत अधिकृत हरिश्चन्द्र पोखरेल, खरिदार वीरबहादुर खड्का कृष्णबहादुर चालिसेलाई विभागीय कारबाही गर्न समेत निर्देशन दिएको थियो।
त्यसपछि गुठी संस्थानले पनि उक्त जग्गा व्यक्ति विशेषको नाउँबाट दर्ता बदर गरेर गुठी तैनाथी कायम भएको पाइन्छ। उक्त निर्णय उपर पाठक पुनरावेदन अदालत, पाटन गएको र पुनरावेदनले पनि गुठी संस्थान कै निर्णयलाई सदर गरिदिएको देखिन्छ। त्यसको २० वर्षपछि पाठकले फेरि असन अन्नपूर्ण गुठीको गुठी तैनाथी जग्गा २०५३ साल वैशाख २५ को मितिमा भएको लिखत पारित अनुसार दाखिल खारेज गरी आफ्नो नाममा पूर्जा उपलब्ध गराउन भन्दै २०८० फागुन २२ गते गुठी संस्थानमा निवेदन दिएको देखिन्छ।
त्यसपछि गुठी संस्थानले पनि उक्त जग्गा व्यक्ति विशेषको नाउँबाट दर्ता बदर गरेर गुठी तैनाथी कायम भएको पाइन्छ। उक्त निर्णय उपर पाठक पुनरावेदन अदालत, पाटन गएको र पुनरावेदनले पनि गुठी संस्थान कै निर्णयलाई सदर गरिदिएको देखिन्छ। त्यसको २० वर्षपछि पाठकले फेरि असन अन्नपूर्ण गुठीको गुठी तैनाथी जग्गा २०५३ साल वैशाख २५ को मितिमा भएको लिखत पारित अनुसार दाखिल खारेज गरी आफ्नो नाममा पूर्जा उपलब्ध गराउन भन्दै २०८० फागुन २२ गते गुठी संस्थानमा निवेदन दिएको देखिन्छ।
अदालत र अख्तियारबाट समेत बदर भइसकेको गुठीको जग्गा दाखिल खारेज गरी आफ्नो नाममा पूर्जा दिन निवेदन दिने पाठकलाई तत्कालीन भूमि व्यवस्थामन्त्री अधिकारीले २०८१ वैशाख ७ गते गुठी सम्बन्धी कानुन निर्माण गर्ने विज्ञमा मनोनित गरेका थिए। गुठी तैनाथी जग्गाको आफ्नो नाममा पूर्जा निकाल्न खोजेका पाठकले कस्तो किसिमको गुठी सम्बन्धी कानुन निर्माण गर्ने विज्ञको जिम्मा दिनु संस्थाको हितविपरीतको कार्य थियो। असन अन्नपूर्ण गुठीको गुठी तैनाथी जग्गा मात्र होइन पशुपति गुहेश्वरी फूल चढाउने गुठीको गुठी तैनाथी जग्गा समेत मोही बनेर खाएका नुवाकोटे पाठक गुठी संस्थानको प्रशासन बन्ने दौडधुपमा लाग्नुले सुशासनका लागि ठूलो चुनौती खडा भएको छ। पाठकले विगतका गरेका गतिविधिका विषयमामा यसअघि पनि स्वास्थ्य लाइभले विस्तृत रूपमा समाचार प्रकाशित गरिसकेको छ। उनै पाठक फेरि गुठीको प्रशासन बन्न खोज्नु र भूमि व्यवस्था मन्त्रालयको एउटा टिम उनको पक्षमा लबिइङ गर्दै हिँड्नुले कतै गुठी संस्थानलाई समाप्त पार्ने खेल त रचिँदै छैन भन्ने आशंका उब्जिएको हो। पाठकको विषयमा ‘हेलो सरकार’मा समेत उजुरी परेको पाइन्छ।
ट्याग : #दिपकराज पाठक


तपाईको प्रतिक्रिया दिनुहोस