हरेक अस्पताल भित्र आयुर्वेदिक युनिटको परिकल्पना गरिनु पर्छ


काठमाडौं ।  आयुर्वेदिक तथा परम्परागत चिकित्सा र एलोपेथीक चिकित्सा एक साथ अगाडि बढाउँनु पर्नेमा अधिकारीहरुले एक स्वर आवाज उठाएका छन् । उनिहरुले हरेक अस्पताल भित्र आयुर्वेदिक युनिटको परिकल्पना गरिनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती, २०७९ का अवसरमा नरदेवी चिकित्सालयले गरेको कार्यक्रममा सहभागी वक्ताहरुले विगतमा कमजोरी भएको भन्दै अब आयुर्वेदिक चिकित्सा पद्धतिलाई पनि सँगै अगाडी लैजाने प्रहण गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले परम्परागत चिकित्साको पहिचान र बिस्तारमा थप योगदान दिने बाचा गरेका छन् । बरिष्ठ न्युरो सर्जन डा बसन्त पन्तले एलोपेथीको विकल्पमा आयुर्वेद चिकित्सा अगाडि आएको स्पष्ट पारे । उनले भने, आफु धामिको समेत विश्वास गर्ने भएकाले विभिन्न उपचारमा धामिको पनि साथ रहेको हुन्छ । यस्तो अवस्थामा आयुर्वेद पद्धतीको उपचार राम्रो हुन्छ भनेर कुरा गर्नु आफैमा हास्यास्पद हो ।

आयुर्वेद उपचार भनेको परापूर्वक कालदेखी चलिआएको पद्धति हो, डा पन्तले भने । उनले आयुर्वेद पद्धतिमा केही कमि कमजोरी भएको पनि बताए । अहिले सम्म आयुर्वेदमा अध्ययन अनुसन्धान नहुनु दुखद हो उनले भने । ‘हामीले अन्नपूर्ण न्युरो अस्पतालमा छुटै अनुसन्धान केन्द्र खोलेका छौं डा पन्तले भने, क्यान्सरको उपचारमा आयुर्वेदमा नयाँ नयाँ के हुन्छ भनेर अनुसन्धान गरेका छौं ।’ उक्त अनुसन्धानले दुई वटा आयुर्वेदिक औषधिले असाध्यै राम्रो काम गरेको पुष्टि भएको छ डा पन्तले भने ।

आयुर्वेदिक उपचार पद्धतिबारे ७ वटा पेपर प्रस्तुत भएका थिए । पत्ता लागेको उक्त आयुर्वेदिक औषधि पहिलो पटक बाहिर ल्याउन लागेको स्पष्ट पारे । उनले सबै खाले रोग निको पार्छु भन्दै विज्ञापन गरेर जनता भ्रममा पार्ने निकायहरु पनि धेरै भएको भन्दै त्यस्तालाई कारबाही गरेर आयुर्वेदिक चिकित्सा माथि थप विश्वास दिलाउन आग्रह समेत गरे ।

चिकित्सकहरु भन्छन् आयुर्वेद र एलोपेथीको आ आफ्नै प्रभावकारीता छ । अन्नपूर्ण न्यरोले नरदेवीका चिकित्सकसँगको सहकार्यमा एउटा आयुर्वेदिक मेडिसिन डिपार्ट १० वर्ष देखि संचालन गर्दै आएको छ । जहाँ बिरामीलाई एलोपेथीक र आयुर्वेदिक उपचार पद्धति मार्फत सेवा दिइन्छ । डा पन्तले जापान, चीन, ताइवान र कोरिया जस्ता देशहरुले हरेक अस्पताल भित्र छुट्टै आयुर्वेद युनिटको विकास र बिस्तार गरी सेवा अगाडि बढाएको बताए ।

आयुर्वेदबाट के सिक्ने

अधिकारीहरुका अनुसार सरकारले आयुर्वेदबाट सिक्नु पर्ने धेरै कुराहरु छन् । अहिलेको उपचार पद्धति भनेको एक एक व्यक्तिलाई फरक फरक उपचार गर्नुपर्छ । डाक्टर पन्त भन्छन् क्यान्सर भयो भने, एउटै औषधिले सबैलाई काम गर्दैन । एउटा बिरामीलाई १०२ डिग्री ज्वरो र अर्कोलाई १०४ डिग्री ज्वरो आएको छ भने, एलोपेथीक चिकित्सकले दिने भनेको एउटै सिटामोल हो डा पन्त भन्छन्, आयुर्वेदमा यस्तो थिएन, छैन पनि । आयुर्वेदमा बिरामीलाई परिक्षण गरेर नतिजाको फर्मुलाका आधारमा औषधि चलाइन्छ ।’ उनले थप अब एलोपेथीकमा पनि आयुर्वेदमा जस्ता व्यक्ति अनुसार फरक फरक औषधि नभएसम्म काम लाग्दैन ।

आयुर्वेद जहिले पनि व्यक्तिको जीवनशैलीमा केन्द्रित छ । कसरी बाँच्ने, दैनिक लाइफस्टायल र नसर्ने रोगहरुको नियन्त्रणमा आयुर्वेदको भुमिका सह्रानीय छ । नसर्ने रोगमा जति खर्च भइरहेको तर, आयुर्वेद उपचार बिधि ज्यादै कम खर्च गरेर हुने विद्या हो । त्यसैले काठमाडौं बाटै सुरु गरेर देशभरका अस्पतालमा वैकल्पिक उपचार पद्धतिका रुपमा आयुर्वेदलाई समाबेश गराएर लैजानु पर्छ ।

आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले आयुर्वेदको विकास र उत्थान गर्न आवश्यक भएको बताए । देशका जडिबुटीको नाममा अन्तराष्ट्रिय समुदाय सम्म भाषण गर्ने तर, काम नगर्ने प्रबृतिका कारण आयुर्वेद सधै ओझेलमा परेको महानिर्देशक डा उपाध्यायले बताए । उनले राजनीतिक तवरमा जडिबुटीलाई खेलाउना ठान्ने गरेको गुनासो गरे । पहिलो कुरा राजनीतिक इच्छाशक्ति हो । जबसम्म आफ्नो मौलिक र सास्कृतिक धरोहरलाई छाडेर अरुलाई अपनाउन थाल्छौं त्यहाँ आयुर्वेदको विकास हुदैन ।’

अधिकारीहरु भन्छन् हाल परम्परागत चिकित्सालाइ नागरिकले स्वीकार गर्दै गएको अवस्था छ । कोरोना भाइरस र हाल महामारीको रुपमा फैलिएको डेंगुले पनि एलोपेथीक भन्दा परम्परागत चिकित्सालाई स्वीकार गर्न थप बल पुगेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदिप ज्ञवालीले परिषद्ले आगामी दिनमा आयुर्वेदिक चिकित्सामा अनुसन्धान बढाउने प्रतिवद्धता जनाएका छन् । नेपालमा हुने र हाल सम्म भएको अध्ययन अनुसन्धान सबै जसो आधुनिक चिकित्सा प्रणालीमा केन्द्रित रहेको छ । उनले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर परम्परागत चिकित्सामा अध्ययन अनुसन्धान गर्न चाहेको बताए । आयुर्वेदलाई बौद्धिक सम्पत्तिको रुपमा बिकास गर्न पनि सदस्य सचिव डा ज्ञवालीले आग्रह गरेका छन् ।

‘नेपाल औषधि जन्य जडिबुटीले भरिपूर्ण छ । तर, किन आयुर्वेदिक चिकित्सा अगाडि बढेन सोचनीय छ डा ज्ञवालीले भने, ‘५० प्रतिशत बढी औषधि आयुर्वेदिक प्लान्टबाट बनेका छन् ।’

यता स्वास्थ्य सचिव देवकुमारी गुरागाईले आयुर्वेद चिकित्सा माथि काठमाडौं महानगरपालिकाले समेत गंभिर चासो राखेकाले यसमा स्वास्थ्य मन्त्रालयले पनि आवश्यक सहयोग गर्ने बचन दिइन् । उनले नरदेवी चिकित्सालयले नागरिकलाई दिएको सेवा प्रति मसिनोगरी नियालिरहेको बताईन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले आयुर्वेदिक चिकित्सा सेवामा व्यापक परिवर्तन आएको बताए । सरकारले जनस्वास्थ्य ऐन लिएर आएको छ । जनस्वास्थ्य ऐनले स्वास्थ्य सेवा घर दैलो सम्म पुग्नु पर्छ भनेको छ । यसको एक मात्रै विकल्प आयुर्वेद हो । व्यक्तिको आहार बिहार र जीवनशैलीलाई परिवर्तन नगरे सम्म त्यो सम्भव हुदैन । त्यसैले आयुर्वेदले हाम्रो भबिष्य निर्धारण गर्छ । महानिर्देशक सिंहले आगामी एक वर्षमा परम्परागत चिकित्सामा के गर्न सकिन्छ सँगै बसेर योजना बनाउने प्रण गरे ।

सबै क्लिनिकमा आयुर्वेदीक सेवा 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ३२ वटै वडामा आयुर्वेद र एलोपेथीक सेवासँगै लिएर जाने बताए । आयुर्वेद औषधि उपचार मात्रै हैन, यो जीवनशैली पनि हो मेयर शाहले भने ।

उनले क्लिनिकबाट बिरामी रिफर गर्न नरदेवी चिकित्सालयसँग चाँडै महानगरले सम्झौता गर्ने प्रतिवद्धता जनाए । काठमाडौंका नागरिकहरुले आयुर्वेदिक चिकित्सा प्रति देखाएको विश्वासलाई थप अगाडि बढाउन महानगरपालिका लाग्ने उनको भनाई छ ।

यता नरदेवी चिकित्सालयका निर्देशक डाक्टर प्रदिप केसीले सबै क्षेत्रसँगको आपसी समन्वयमा ध्यान दिदै अगाडि बढ्ने बताए । उनले जनताको विश्वास आयुर्वेदमा बढेसँगै सेवाको गुणस्तरीयतामा गंभिर भएर लाग्ने बताए । आयुर्वेदिक उपचारमा गुणस्तरसँग कुनै सम्झौता नहुने उनको भनाई छ । स्रोत साधनको कमी भएकाले त्यसमा सहयोग गर्न केसीले स्वास्थ्य मन्त्रालय र महानगरलाई आग्रह गरे ।

देशमा नसर्ने रोगको महामारी एक पछि अर्को गर्दै देखिन थालेको छ तर, राज्यले आयुर्वेदको ज्ञान प्रयोग गरेको छैन उनले दुखेसो गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com