यौनिक तथा लैङ्गिक अल्पसंख्यक नीति” बाग्मती प्रदेश सरकारद्वारा स्वीकृत


मकवानपुर । बागमती प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक नीति” लाई मन्त्री परिषद् बाट स्वीकृत गरेकाे छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको हक तथा अधिकारको लागि स्थापित संस्था फ्रेन्डस् हेटौंडा / निल हिरा समाजको भगिनी संस्थाको निरन्तर प्रयासबाट नीति बनेकाे छ ।

सरकारले नीति स्वीकृतसँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई समेट्न सफल भएकाे छ। यो कार्य सफल बनाउनको लागि प्रदेश सरकार, स्थानीय सरकार, निल हिरा समाज, रिकभरिङ नेपाल, सेभ द चिल्ड्रेन, ग्लाेबल फण्डकाे मुख्य भुमिका रहेेकाे छ ।

लैङ्गगिक नीति वैशाख १४ मा बागमती प्रदेशकाे मन्त्री परिषदको निर्णयबाट स्वीकृत गरिएको छ। प्रदेश सरकारले ल्याएको यौनिक तथा अल्पसंख्यकहरुलाई समेटेको याे पहिलो नीति हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com