सिभिल हस्पिटलको कार्यकारी निर्देशकमा डा. परियार नियुक्त
काठमाडौं। निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकमा प्रा. डा. जीतेन्द्र परियार नियुक्त भएका छन्।
योग्यताक्रममा पहिलो नम्बरमा रहेका डा. परियारलाई सिभिल हस्पिटलको कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना मार्फत डा. परियारलाई निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको जानकारी गराएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस